कविता – Nagarikabhiyan : National News

कविता

                कम छाैं हजुर !  

विना याैन सम्बन्ध बच्चालाई जन्म दिन्छौं
विना दुधकाे बच्चालाई हामीले पाल्न सक्छौं ।
हामी कम छाैं हजुर
सता प्रतिपक्ष दुवै मिलिलिन्छाैं
भ्रष्टकाे राेटी एकसाथ निलिदिन्छाैं ।
हामी कम छाैं हजुर
विपत्तिमा धेरैलाई भाेकै राखि दिन्छौं
फेसबुकमा आफुदर्शका कुरा लेखी दिन्छौं ।
हामी कम छाैं हजुर
अरुले राहत धेरथोर बाडेपनि विराेध गर्छाैं
आफु भने लुटेर अनि भ्रष्ट बनेर खल्ती भर्छाैं ।
हामी कम छाैं हजुर
जनताका लागि हामी आफु केही गर्दैनौं
झुठो ,भ्रम र आदर्शका कुरा कहि छाड्दैनाैं ।
हामी कम छाैं हजुर
नैतिकताको
हामी कम छाैं हजुर
आफुलाई जनप्रतिनिधि र नेता भन्न छाड्दैनाैं
जनता सेवाको पक्ष र चरित्र हामी देखाउदैनौं ।
हामी कम छाैं हजुर
राहत काेष स्थापना गर्न पछि पर्दैनाैं
काेष भएपनि हामी केही पनि गर्दैनौं ।
हामी कम छाैं हजुर
प्रमुखले गरेको काम उपप्रमुखलाई थाहा दिदैनाैं
अध्यक्षकाे काम वडामा र सदस्यलाई थाहा दिदैनाैं ।
हामी कम छाैं हजुर
भाईरस, बाढी कहिपनि भ्रष्ट मानसिकता त्यागदैनाैं
विपत्तिमा काम भन्दा भ्रष्टाचार गर्न हामी छाड्दैनाैं ।
हामी कम छाै हजुर
पार्टी ,पद,पहुँचका आधारमा लुट्न छाड्दैनाैं
आएकाे राहत पनि पिडितलाई समयमा बाड्दैनाैं ।
हामी कम छाै हजुर
आफ्नाे परिवार र भट्टि बाहेक हाम्रो आखाँ देख्दैन
कमिसनको बाटो खुलेको खण्डमा अबैध राेक्दैन ।
हामी कम छाै हजुर

                               जयकृष्ण यादव
                               इनरुवा, सुनसरी