अभिनेत्री स्वास्तिमा सँगै केकी अधिकारी पनि अंग्रेजी चलचित्रमा – Nagarikabhiyan : National News

अभिनेत्री स्वास्तिमा सँगै केकी अधिकारी पनि अंग्रेजी चलचित्रमा

काठमाडौं । अभिनेत्री केकी अधिकारी र स्वस्तिमा खड्काले अंग्रेजी चलचित्रमा अभिनय गर्ने भएका छन् । अमेरिकन टोलीले निर्माण गर्ने चलचित्रमा स्वस्तिमा खड्का पछि केकी अधिकारी पनि अनुबन्धित भएकी हुन् । केकी र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ ।

निर्माण पक्षले नेपाल आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको थियो । जसबाट स्वस्तिमा र केकी पक्का भएका छन् । केकी र स्वस्तिमा दिदिबहिनिको भुमिकामा देखिन्दैछन् । नाम सार्वजनिक नभएको उक्त चलचित्रको छायांकन जुलाईबाट सुरु गरिने तय भएको थियो । तर, कोरोनाको त्रासका कारण छायांकन सारिएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।  द नेपालटपबाट