उपेन्द्र यादवलाई टक्कर दिन राजेन्द्र महतो मैदानमा, सप्तरीमा यसरी गर्दैछन् चुनावको तयारी
१० माघ २०७७, शनिबार १८:३०
काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो चुनावी तयारीमा लागेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर वैशाखमा चुनाव घोषणा गरेसँगै महतोले तयारी थालेका हुन् ।
यसअघि कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई हराउँदै धनुषाबाट सांसद निर्वाचित महतो यसपालि भने सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने तयारीमा लागेका छन् ।
सप्तरी ३ जसपाकै अध्यक्ष उपेन्द्र यादवले जित्दै आएको क्षेत्र हो । जहिले पनि ठूला नेतालाई टक्कर दिने महतो निधिपछि अब उपेन्द्र यादवलाई टक्कर दिन मैदानमा उत्रिएका छन् । यो समाचार नेपालपानामा छ ।
महतोले पछिल्ला दिनमा उपेन्द्रको क्षेत्रमा प्रचारप्रसार आक्रामक बनाएका छन् । जसपाका नेताहरुका अनुसार महतो विगत चार दिनदेखि सप्तरीको ३ नम्बर क्षेत्रमा छन् । यो मधेसी बाहुल्य क्षेत्र हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया