ओली समुहले भन्यो- हामी टिपर हो, मोटरसाइकलहरु निहुँ नखोज्नु – Nagarikabhiyan : National News

ओली समुहले भन्यो- हामी टिपर हो, मोटरसाइकलहरु निहुँ नखोज्नु

सप्तरी । नेकपा ओली समूहले आफुलाई टिपरको संज्ञा दिएको छ भने, अन्य साना दलहरुलाई मोटरसाइकलको संज्ञा दिएको छ ।नेकपा ओली समुहका नेता महेश बस्नेतले नेकपालाई टिपरसँग तुलना गरेका हुन् ।

सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित पार्टी निकट युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ उनले भने, ‘नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो । निहुँ नखोज्नुस् ।’

यस्तै उनले  केही दिनभित्रै मधेशवादी दलमा ठूलो पहिरो जाने बताएका छन् । उनले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको नेकपामा प्रवेशको लहर चल्ने दाबी गरे ।

‘युवा संघको अभियानमा जसपाका ५ जना केन्द्रीय सदस्य प्रवेश गरेका छन्,’ बस्नेतले भने, “केही दिनभित्रै एउटा नयाँ समाचार सुन्नुहुनेछ । मधेशवादी दलमा निक्कै ठूलो पहिरो जानेछ ।