उदयमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को, ११ औं स्थानबाट तेश्रो स्थानमा उक्लिए
२ माघ २०७७, शुक्रबार १७:१६
कठमाडौं । नेपालका उदयमान खेलाडी प्रिन्स दाहालले बिश्व जुनियर स्तरमा ठूलो फड्को मार्न सफल भएका छन् । बिश्व ब्याडमिन्टन महासंघले निकोलेको नयाँ बरियता क्रममा प्रिन्स ११ औं स्थानबाट तेश्रो स्थानमा उक्लदै ईतिहास रच्न सफल भएका हुन् ।
७ औं स्थानबाट डिसेम्बरमा ११ औं स्थानमा पुगेका प्रिन्स बिश्व ब्याडमिन्टन महासंघले आज निकालेको नयाँ बरियतामा जुनियर यु १९ मा तेश्रो स्थान पुग्न सफल भएका हुन् ।
नेपाली खेलाडीले बिश्व ब्याडमिन्टन बरियतामा प्राप्त गरेको यो ठुलो उपलब्धी हो । यसका साथै दाहालले बिश्व ब्याडमिन्टन मञ्चमा नेपालको शानलाई उच्च राख्न समेत योगदान पु(याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया