ओली आफ्नै कारण बैशाखमा देशमा ठाउँ नपाउँने स्थितीमा – Nagarikabhiyan : National News

ओली आफ्नै कारण बैशाखमा देशमा ठाउँ नपाउँने स्थितीमा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेपछि निकै नै आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकटको अवस्था सिर्जना हुनसक्ने बताएका छन् ।

ओलीले तोकिएकै मितिमा चुनाव नगरे देशमा बस्न सक्ने स्थिति नरहने सभापति देउवाले बताएका हुन् ।

पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा शहीद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीवार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र बैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी नेपाल देशमा बस्न सक्ने स्थिति रहँदैन,’ सभापति देउवाले भने ।

सभापति देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले अदालतलाई नै प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।

देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’ सभापति देउवाले सोधे ।