ओलीकाे सम्बाेधनपछि राष्ट्रपतिबाट पास भयाे अर्काे निर्णय, नेकपामा आतंक
२६ पुष २०७७, आईतवार २०:०७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ओली समुहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गराएका थिए । त्यसयता निकै नै आलोचित हुँदै आएका ओलीले आज फेरि अर्काे कदम चालेका छन् ।
आज ओलीले राष्ट्रिय सभामा सम्बोधन गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिउँदे अधिवेशन अचानक अन्त्य गरिएको छ ।अधिवेशन अन्त्य भएपछि नेकपाको प्रचण्ड नेपाल समुहले विरोध जनाएको छ ।
प्रचण्ड नेपालका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोको रूपमा रहेको राष्ट्रियसभा अचानक बन्द भएकोमा विरोध रहेको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो सम्बोधन भएकाले अस्वीकार गर्दै आज आईतबारको बैठकमा सहभागी नभएको श्रेष्ठले बताएका छन् ।
आईतबार बसेको सचिवालय बैठकको निर्णय सुनाउँदै श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताएका छन् । श्रेष्ठले नितान्त प्रचण्डको परिवारको स्वास्थ्य उपचारको सिलसिलामा भ्रमण भएको समेत बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया