रातारात ओलीलाई प्रचण्ड–नेपाल समूहको चेतावनी, बालुवाटारमा खतराको संकेत !
२६ पुष २०७७, आईतवार १९:३१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्डनेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । आइतबार साँझ बसेको प्रचण्ड–नेपाल समुहको सचिवालय बैठकले ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै चेतावनी दिएको हो ।
संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले वक्तव्य जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए ।
नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न समेत आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया