ओलीका प्रियपात्रले गरे प्रतिनिधिसभा पुनस्थापना हुनेबारे घोषणा
२५ पुष २०७७, शनिबार २१:४५
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र मानिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको घोषणा गरेका छन्।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्विनी प्रदेश सम्पर्क कमिटीले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाको पुनःस्थापना नहुने भएकाले निर्धारित समयमा नै निर्वाचन हुने बताएका छन् ।
मन्त्री पौडेलले ताजा जनादेशका लागि मुलुक निर्वाचनमा गइसकेको भन्दै निर्वाचनका लागि अर्थ मन्त्रालयले स्रोतको प्रवन्ध गरेको पनि जानकारी दिए।
उनले सरकार र सुरक्षा निकाय तोकिएकै समयमा निर्वाचन गराउनका लागि केन्द्रीत भइसकेको जानकारी दिँदै कार्यकर्तालाई पनि सोही अनुरुप सक्रिय सहभागी हुन आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया