ओलीलाई सडकमा फाल्ने कांग्रेस नेताको खुला घोषणा, बालुवाटारमा खैलाबैला ! – Nagarikabhiyan : National News

ओलीलाई सडकमा फाल्ने कांग्रेस नेताको खुला घोषणा, बालुवाटारमा खैलाबैला !

नुवाकोट । नेपाली कांग्रेस नेता एवं नुवाकोटका सभापति जगदीशश्‍वर नरसिंह केसीले केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट सडकमा फाल्ने चेतवानी दिएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश ‘क’ ले तादी गाउँपालिका खरानीटारमा आयोजित कार्यक्रममा सभापति केसीले यस्तो बताएका हुन् ।

विरोधसभामा बोल्दै नेता केसीले भने, ‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्‍यो । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई तीन वर्ष शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमिलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन, । ’

ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्‍न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्‍याउन चाहन्छौ रु नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो ।