नेकपाका २ मुख्यमन्त्री बर्खास्त, पार्टीमा आन्दोलन ! – Nagarikabhiyan : National News

नेकपाका २ मुख्यमन्त्री बर्खास्त, पार्टीमा आन्दोलन !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समुहले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी इन्चार्जको जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

ओलीपक्षका दुवै मुख्यमन्त्रीलाई सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले बर्खास्त गरेको हो ।

बैठकले संसद पुनःस्थापना नभएसम्म ओली सरकारविरुद्ध आन्दोलन गरिराख्ने र संयुक्त आन्दोलनका लागि अन्य दलसँग समेत सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

संसद विघटनपछि विभाजित नेकपाभित्र अहिले आन्दोलन मच्चिएको छ । प्रचण्ड–नेपाल पक्षले ओलीको कदमविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ ।