माधव नेपाल असन्तुष्ट, भने– दुई जनाको चोचोमोचोचाहिँ मानिन्न !
२१ बैशाख २०७७, आईतवार ०७:१६
काठमाडौँ । नेकपा सचिवालयमा नाटकीय रुपमा देखिएको समझदारीमा वरिष्ठ नेता माधवकुमार नेपालले आंशका व्यक्त गरेका छन् ।
उनले शनिबारको बैठकमा सहमतिमा अगाडि जाने कुरा सकारात्मक भए पनि दुई अध्यक्षबीचको ‘अपारदर्शी’ मिलनप्रति असन्तुष्टि जनाएका छन् । स्रोतका अनुसार सचिवालय बैठकमा नेता नेपालले भनेका थिए, ‘मिलेर जानेकुरा ठीक छ । पार्टीलाई एकताबद्ध गरेर जानेकुरा पनि ठीक छ । तर, दुई जनाको चोचोमोचो चाँहि मानिन्न ।’
अघिल्ला बैठकहरुमा अध्यक्ष पुष्पकमल दाहाललाई अन्य सचिवालय सदस्यहरुसँगै राखिने गरेको भएपनि शनिबारको बैठकमा उनलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगैको लहरमा राखिएको थियो ।
अघिल्लो सचिवालयमा प्रधानमन्त्री ओलीले नेपाललाई पनि अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए । शनिबारको बैठकमा नेपालले त्यसलाई अस्वीकार गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका छन् ।
वरिष्ठ नेता झलनाथ खनालले मिल्ने कुरा राम्रै भए पनि साँच्चै मिलेर गएमात्र समस्या हल हुने नत्र पुरानै अवस्था दोहोरिने धारणा राखेका थिए ।कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया