नेकपामा खैलाबैला, नेपाल-गौतम ओलीतिर, प्रचण्ड एक्लिए ?
१९ पुष २०७७, आईतवार १९:४६
काठमाडौं। विभाजित नेकपाका प्रचण्डनेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले नेकपा उपाध्यक्ष वामदेव गौतमको अझै पनि पार्टी एकता गर्ने प्रयत्नलाई बालुवा पेलेर तेल निकाल्ने प्रयास भन्दै टिप्पणी गरेका छन् ।
प्रवासी नेपालीसँग आइतबार भएको भर्चुअल अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो टिप्पाणी गरेका हुन् । नेता नेपालले भने, ‘वामदेव कमरेडसँग अस्ति पनि मेरो कुरा भयो, उहाँले म अझै पनि एकताको प्रयास गरौँ ? भनी सोध्नुभयो, मैले भनेँ– गर्नुस्, तर मैले उहाँलाई यो पनि भनेँ कि उहाँ बालुवाटारमा बालुवा पेलेर तेल निकाल्ने प्रयास गर्दै हुनुहुन्छ।’
अध्यक्ष नेपालले आफु नेकपा एकताको पक्षमै रहेको बताएका छन् । तर त्यसका लागि ओलीले गल्तीको पश्चाताप गर्नुपर्ने बताएका छन् । उनले भने, केपी कमरेडले गल्ति भयो भनेर रियलाइज गर्नुहुन्छ र रुपान्तरण भएर आउनुहुन्छ भने केहि पनि असंभव छैन,’ उनले भने, ‘असंभव ठानिएको कुरा पनि भएदेखि त ठीकै छ, व्यक्तिगत कुरा हैन।’ नेता नेपाल र गौतमले ओलीतिर निकटताको संकेत गरेसँगै प्रचण्ड एक्लिने सक्ने टिप्पणी सुरु हुनथालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया