सर्वाेच्चलाई नै ओलीको टक्कर : संसद विघटनको मुद्दामा नपर्नु (पूर्णपाठ)
१९ पुष २०७७, आईतवार १८:५३
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (ओलीसमुहका)अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको मामिलामा सर्वाेच्च नपर्नु पर्ने जवाफ दिएका छन् । पुस ५ गते संसद विघटनगरेपछि ओलीविरुद्ध सर्वाेच्चमा रिट परेका थिए ।
रिटहरुमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले दिएको आदेशअनुसार ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारणसहित सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।
सो जवाफमा ओलीले भनेका छन्, ‘प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन हुने विषय संसदीय शासन व्यवस्थाको अन्तरनिहित मूल्य (value) हो । राजनीतिक परिवेशको मूल्यांकनका आधारमा प्रधानमन्त्रीले लिने निर्णय राजनीतिक रुपमा नै आम जनताले मूल्यांकन गर्ने विषय हो । यो विषय न्याय निरुपणयोग्य मापदण्डभित्र नपर्ने हुँदा प्रस्तुत रिट खारेजभागी छ ।’
ओलीले १५ बुँदे लिखित जवाफ पठाउँदै संविधान गतिशील दस्तावेज भएको भन्दै यसको दीर्घ जीवनका लागि यसले बोकेका मूल्यका आधारमा अभ्यास गर्दै जानुपर्ने जनाएका छन् । ‘संवैधानिक व्यवस्थाको प्राविधिक अर्थमात्र लगाइनु हुँदैन,’ उनले जवाफमा लेखेका छन्, ‘स्वार्थ परक तवरले गरिने संकिर्ण व्याख्याले संवैधानिक अभ्यासलाई मार्गदर्शन गर्न सक्दैन ।’ उनले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया