नकेपाको जिल्ला भेला सम्पन्न, सघर्षको घोषणा – Nagarikabhiyan : National News

नकेपाको जिल्ला भेला सम्पन्न, सघर्षको घोषणा

इनरुवा । सुनसरीको इटहरीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरी जिल्ला भेलाले सर्घषको कार्यक्रमण घोषणा गरेको छ । जिल्लाभरी नेकपाका नेताकर्ताहरुको भेलाले संसद विघटन विरुद्ध आन्दोलन गर्न जिल्ला इन्चार्ज धर्मराज निरौलाको अध्यक्षतामा १ हजार पाँच सय ९१ सदस्य आन्दोलन सर्घष परिचालन समितिको गठन गर्दै कार्यक्रमण घोषणा गरेको हो ।

जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्व सभासद किरन राईले देशमा ओलीको अधिनायकबाद विरुद्ध आन्दोलनमा उत्रिन बाध्य भएको बताउनुभयो । राईले जिल्लामा हुने सर्घषका कार्यक्रमका लागि वडा, गाउँ, नगर ,क्षेत्रीय हुदै प्रदेशसम्मका नेताकार्यकर्ताहरुलाई आहवान गर्नुभयो । अर्का पूर्व सभासद अनिता परियारले देशको विषेश अवस्थामा अधिनायकबाद विरुद्धको आन्दोलनमा होमिनुपर्ने बाध्यतात्मक अवस्था आएएकाले आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।

अर्का नेता महफुज आलमले देशमा नेकपा सरकार प्रतिको आशालाई एकाएक चकनाचुर गर्दै ओलीले व्यक्तिगत रुपमा गरेको गल्तीले सिगों देश र पार्टीमा असर परेकाले त्यसको विरुद्ध उठन जरुरी रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता निर्मल बरालले सरकारविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेकाले त्यसमा सबैलाई सहभागि हुन आग्रह गर्नुभएको छ । बरालले संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेकाले त्यसलाई सकार पार्ने बताउनुभयो ।

संघर्षका कार्यक्रममा वडा तहदेखि राजधानीमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम तय गरिएकाले सुनसरीमा समेत त्यसै अनुसार दोस्रो चरणका कार्यक्रमहरु पुस २० गतेदेखि माघ २३ गतेसम्मलाई तय गरिएकोमा सबैलाई सहभागिताका लागि अपिल गर्नुभयो ।
कार्यक्रममा नेता मुस्काहा लिम्बु (मुकेश), नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, डीबी शाह शंकर, पूर्व संसद रामकुमारी चौधरी, मुकेश थारु, पोष्टकुमार नेपाल, जाकिर हुसेन लगायतकाले ओली समूह तानाशाही, प्रतिगामी झुण्डले बनेकाले जनताको विजय माथि हस्तक्षेप गरेकाले सर्घषमा आउन आहवान गर्नुभयो ।