ओलीकै अगाडी लेखराजले प्रचण्डलाई ‘नाङ्गेझार’ पारे, एक एक गोप्य कुराको खोले पोल !
१७ पुष २०७७, शुक्रबार १६:४१
काठमाडौं । संसद विघटनको कदमले नेकपा ओली र प्रचण्ड-नेपाल समूहमा विभाजनउन्मुख हुँदा दुबै समूहबीच मान्छे तान्ने प्रतिस्पर्धा भइरहेको छ । ओली समूहमा माओवादी खम्बाहरु मध्येका एक लेखराज भट्ट समाहित भएका छन् । भट्टकै शब्दमा उनी प्रचण्डको एक नम्बर दुश्मन बनेका छन् ।
ओली सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले आफूमाथि बारम्बार दुश्मन चित्रित गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नांगेझार पारे । उनले सुदूरपश्चिमका कार्यकर्तामाझ भनेका छन्: एमालेसँग पार्टी एकता गर्दा पनि प्रचण्डले छलफल गर्नुभएन। विभाजन हुने अवस्था आउँदा पनि वैचारिक, सैद्धान्तिक, सांगठनिक छलफल कहि भएन। एकता गरेर ओलीलाई चिनाउने प्रचण्ड नै हुन्।
म माथि वैचारिक विचलन भयो, विश्वासघात गर्यो भन्ने आरोप छ। एकताबाट भागेर प्रचण्डले विश्वासघात गरे। कसको वैचारिक विचलन भयो? के का लागि फुट? माइतीघर मण्डलामा गएर हामी यहाँ छौं भनिरहेका छन्। अब हामीले खोज्न जानुपर्ने हो उहाँहरुलाई। यहीँ पार्टीमा ल्याउनुपर्ने दायित्व छ। प्रचण्डले जहिल्यै महाविपत्ति ल्याउँछन्। अहिले सडकमा ल्याउनुभयो। देशलाई विपत्तिमा हाल्नुभयो ।
कोभिड महामारी, समृद्धि, पार्टी नीति निर्माणमा नेताहरु हुनुपर्नेमा कुर्सीकै छटपटि भयो। वरिष्ठ नेतालाई पनि दोस्रो अध्यक्ष हुनैपर्ने रहर रहेछ। अनि कार्यकारी अध्यक्ष महाधिवेशन गराएर आउनुपर्ने ठाउँमा प्रधानमन्त्री पनि चाहियो भनेर हुन्छ? प्रचण्ड र माधव नेपालले केटाकेटीपन देखाए ।
प्रधानमन्त्री चाहियो चाहियो भनेर माइतीघरमा लडिबुडी गर्दै हुनुहुन्छ । अहिले विभाजनमा पूर्वएमाले र पूर्वमोवादीको कुरा गर्ने प्रचण्डले घाइते, वेपत्ता, सहिदहरुलाई सम्झिन नसकेको र अहिले पूर्वसमूह एक हुनुपर्छ भनेर नहुने उल्लेख गरे। अहिले पूर्वसमूह एक हुनुपर्छ भन्ने हो भने माधव नेपाललाई यता पठाइदिनुपर्यो नी। पूर्वहरु एक हुने भएपछि।’ प्रतिगामी कदम ओली नभई प्रचण्ड-नेपालले चाले । प्रतिगमनकारी कदम कसले चालेको छ? समाजवाद ल्याउन खोज्या हो कि सडक भाड्न खोज्या? गर्न खोज्या के?’ प्रचण्ड समूह दृष्टिविहीन, विचारहीन भइसकेको छ। उहाँहरुले सुत्दा पनि प्रधानमन्त्री देख्नुहुन्छ।
उहाँहरुलाई त्यो अहिल्यै चाहियो। प्रधानमन्त्रीले युवालाई हस्तान्तरण गरौ भनेका छन्। युवालाई हस्तान्तरण गर्न तयार हो?’ प्रचण्डको १९ बुँदे आरोप वैचारिक विलचनको नमूना हो । प्रधानमन्त्री र राष्ट्रपतिका बारेमा गलत टिप्पणी गरेर हिँडेका छन् । यता(ओली)को जीवनमा आफ्नो जीवन (भविष्य) नदेख्ने। यता (ओली)को मृत्युमा जीवन देख्नेहरुको मृत्युमा पनि अरुले जीवन देख्नेछ। प्रधानमन्त्रीले गरेका कामको प्रशंसा त कहाँ हो प्रधानमन्त्री ताक्ने काम भयो । प्रचण्डको चिन्तमै गडबड छ ।
प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्नमा तागत लगाए । मोहन वैद्यलाई गुरु भन्नुहुन्छ। तर उनैलाई सेक्टर काण्ड लगाएर हटाए। जसले गुरुलाई अपमान गर्छ अरुलाई के गर्ला? ‘आजको दिनमा प्रचण्डले मलाई एक नम्बर दुश्मन देख्नुभएको छ। ५ हजारको जिम्मा म लिन्छु भन्नु हुन्छ । १२ हजारको कसले लिन्छ? जनयुद्ध हामीले गर्ने, जिम्मा अरुले लिइदिनुपर्ने? प्रचण्डमा नैतिकता छैन ।
टीकापुरको ८ महिने बालकलाई समान्त देख्नुहुन्छ । हामीहरु मुल नेतृत्वमा दृढतापूर्वक उभिएका छौं । सानो झिल्का फुटेर गएको छ। विस्तारै हराउँछ। जनादेश लिन जान्छु भनेर प्रधानमन्त्रीले आँट गर्नुभयो ।
उहाँहरुमा जानदेशमा जाने आँटै छैन । सिरहामा मतगणनामा ब्यालेट बक्स बदलेर जिताइएको प्रचण्डले कहाँ आँट गर्न सक्छ ? जनतामा विश्वास भएमा पो जान्छन् । वरिष्ठ नेता दुई दुई ठाउँमा हार्दा पनि ल्याइयो । प्रधानमन्त्री बनाइयो । त्यस्तो बानी परेकाहरु जनादेशमा जान कहाँ मान्छन् ?
प्रचण्ड शक्तिशाली सरकारमा हुँदा समेत केही गर्न सकेनन् । पहिलोपटक प्रधानमन्त्री हुँदा प्रचण्डलाई छाङरु र तिंकरमा सुरक्षाकर्मी राख्न आग्रह गरे। अँ अँ भने। तर कहिल्यै गरेनन्। हाम्रो प्रधानमन्त्री ओलीजीले कुटनीतिक नोट पठाउनुभयो। नक्सा प्रकाशित गर्नुभयो। सुरक्षाकर्मी राख्नुभयो। प्रचण्डपछि माधव र झलनाथहरु प्रधानमन्त्री भए। तर उहाँहरुले कहिल्यै आँट गर्नुभएन। कालापनीबारे ५८ वर्षसम्म कसैले भनेन। गरेन। यो पक्षलाई बुझ्न जरुरी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया