बैठक शुरु हुनु अगावै बामदेव किन पुगे बालुवाटार ? – Nagarikabhiyan : National News

बैठक शुरु हुनु अगावै बामदेव किन पुगे बालुवाटार ?

काठमाडौं । नेपाल कम्यनिष्ट पार्टी (नेकपा) सचिवाल बैठकको मुखैमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष बामवदे गौतम बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका लागि भन्दै गौतम केहीबेर अघिमात्रै बालुवाटार पुगेका हुन् ।

यता प्रधानमन्त्री ओलीको व्यस्तताका कारण देखिउँदै सचिवालय बैठक ढेड घण्टापछि सारिएको छ । ४ बजे बस्ने भनिएको बैठक साँझ ५ः३० बस्ने गरि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधवारको सचिवालय बैठकमा ओलीले भावी प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रुपमा प्रस्ताव अघि सारेका थिए । आफूलाई प्रधानमन्त्रीको प्रस्ताव अघि सारेपछि कानुनका जानकारहरुसँग वामदेवले छलफल समेत गरेका छन् ।

पार्टी सचिवालय बैठकमा आफू प्रचण्ड–नेपाल समूहबाट आफू घेराबन्दीमा पर्ने भएपछि ओली नेताहरुलाई फकाउने कसरतमा छन् । द नेपालटपबाट