ओलीविरुद्ध प्रचण्डसामु मोहनविक्रमले लगे खतरनाक योजना, बालुवाटारमा हलचल !
१६ पुष २०७७, बिहीबार २०:०८
काठमाडौं । बिहीबार प्रचण्ड निवास खुमलटारमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा महामन्त्री सिंहले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सबै राजनीतिक दल एक हुनुपर्ने योजना अघि सारेका छन् ।
ओलीको असंवैधानिक कदमविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने उनले बताएका हुन् । महामन्त्री सिंह प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न बिहबिार दिउँसो मेडिसिटी अस्पताल पुगेको थिए।
सीताको डिस्चार्ज भइसकेपछि उनकै निवासमा पुगेर भेट गरी स्वास्थ्य लाभको कामनासँगै प्रचण्डसँग समसामयिक विषयमा राजनीतिक छलफल गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया