नायक अनमोल केसी चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांक सकेर घरमै आराम गरिरहेका छन् । दशै अगाडिबाट सुरु भएको चलचित्रको दौडधुपले अनमोलले आफूलाई पर्याप्त समय दिन पाएका थिएनन् । उनै, अनमोल अहिले भने नेपालका विभिन्न रमणीय स्थानमा घुमिरहेका छन् ।
अनमोल भन्छन्–‘मलाई नेपालका सबै सडकमा पुग्न मन लागेको छ । नेपाल प्राकृतिक रुपमा स्वर्ग हो ।ती सबै स्थानमा पुग्ने इच्छा छ । हेरौ, कती संभव हुन्छ ।’
अनमोलले जाडोमा छायांकन नगरौ भनेपछि निर्माता सुनिलकुमार थापाले केही महिनालाई चलचित्रको छायांकन पछि सारेका हुन् । नायक अनमोल केसी शान्त ठाउँमा रमाउँछन् । चलचित्रबाट विश्राम पाएपछि आफू नेपालको सुन्दरतासँग रमाउन थालेको अनमोलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया