आप्रवाशन दिवशमा बैदेशिक रोजगारलाई व्यस्थित गर्नुपर्नेमा जोड – Nagarikabhiyan : National News

आप्रवाशन दिवशमा बैदेशिक रोजगारलाई व्यस्थित गर्नुपर्नेमा जोड

इनरुवा, पुस ३ गते । सुनसरी सदरमुकाम इनरुवामा २१ औं आप्रवाशन दिवश मनाएको छ । दिवशको अवसरमा आयोजित कार्यक्रममा सरोकारबालाहरुले स्वदेश्मै रोजगार सृजना गर्नुपर्ने र बैदेशिक रोजगारमा जानै पर्नेलाई व्यस्थित गर्नुपर्नेमा जोड दिएका छन् । जिल्लामा बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउनको लागी सुरक्षित आप्रवासन सामि परियोजनाले काम गर्दै आएको सरकारले समेत महत्वपुर्ण भुमिका खल्नुपर्ने नागरिक समाज सुनसरीका अध्यक्ष पुरुषोत्म घिमिरेले बताउनुभयो ।
बैदेशिक रोजगारीमा पछिल्लो समय विभिन्न समस्याहरु देखीएको भन्दै उहाँले यसको सही व्यावस्थापन गर्नको लागि संघीय सरकारदेखी स्थानीय तहसम्मले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सदरमुकाम इनरुवामा २१ औं अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस मनाइएको छ । सामी परियोजनाले सरोकारवाला बीच अन्तरक्रियाको आयोजना गरी दिवस मनाएको हो । परियोजना संयोजक धिरज भट्टराईले सामी परियोजनाको बारेमा सहभागिमाझ जानकारी गराउनुभयो । उहाँले परियोजनाको उद्देश्य, लक्ष र उपलब्धी बारेमा जानकारी दिनुभयो ।
प्रदेश सांसद ज्योति सुब्बाले उद्घाटन गर्नु भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह, नागरिक समाजका अगुवा पुरुषोत्तम घिमिरे, हाम्रो सहयात्रा मञ्चकी अध्यक्ष विनीता दाहाल अधिकारकर्मी पुष्प पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वैदेशिक रोजगारमा गई फर्किएका व्यक्ति सहित रोजगार प्रवद्र्धन र अधिकार प्राप्ती सहितको कानुनी लडाईमा अग्रसर रहँदै आएका व्यक्ति तथा संघ संस्था आवद्ध प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आयोजकले सामी परियोजना अन्र्तगत भएका गतिविधि बारेमा जानकारी दिएको थियो । कार्यक्रममा दिएको जानकारी अनुसार आप्रवासी स्रोत केन्द्र सुनसरीबाट २०१५ जनवरी देखि २०१९ जुलाई १५ सम्मको अवधिमा १ हजार ६१ केश हेरिएको छ । जसमध्ये ७ सय वटा समाधान भएका छन् ।
सबै भन्दा बढी २ सय २० जनाको रकम फिर्ता गराइएको सामी सुनसरीले जनाएको छ । क्षतिपूर्ति १ सय ८४ जनालाई दिलाइदा १ सय ३८ जनाको पासपोर्ट फिर्ता गराइएको उसले जनाएको छ । परियोजना संयोजक भट्टराईका अनुसार काम र तलव फरक परेका ८७ जनाको सवालमा काम गरिएको छ । अलपत्र परेका ७६ जनाको उद्दार गरिदा ३० जना मृतक परिवारको हकमा क्षतिपूर्ति दिलाइएको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार पछिल्लो आर्थिक वर्षमा सामी सुनसरी मार्फत संचालित स्रोत केन्द्र मार्फत ३६ हजार २ सय ९७ जनाले व्यक्तिगत परामर्श लिएका छन् ।
यहाँबाट २१ जनाले सीप तथा तालिम लिएका छन् । त्यसैगरी १ सय २९ उजुरी परेकोमा १ सय ८ केश सफल भएका छन् । सफल मुद्दा बाट पीडितले १ करोड ५८ लाख १६ हजार ५ सय रुपैया पाएका छन् । सुनसरीको हकमा जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा र इलाका प्रशासन कार्यालय धरानमा आप्रवासी स्रोत केन्द्र संचालनमा छ । केन्द्रले आवश्यक सेवा सहितको परामर्श प्रदान गर्दैै आएको छ ।
उता सुनसरीमा सुरक्षित आप्रवासन सामी परियोजना सन्चालन गरिरहेको सामुदायिक विकास संस्था(सीडीयो)लाई राम्रो काम गरेकोमा प्रसंशा गर्दै घिमिरेले दिवशसगै आगामी दिनमा आफ्नो तह र तप्काबाट सहयोग गर्नको लागी आग्रह गर्नुभएको छ । जिल्ला परियोजना समन्वय समिति सहित प्रदेश सासद ज्योती सुब्बा लगायतको उपस्थितीमा भएको कार्यक्रममा सरोकारबालाहरुले समेत बैदेशिक रोजगारलाई सुरक्षित,मर्यादित र भरपर्दो बनाउनको लागी स्थानीय तहले आ–आफ्नो नीति तथा कार्यक्रम मार्फत काम गर्नुपर्नेमा जोड दिनुभयो ।
परियोजनाका जिल्ला संयोजक धिरज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकारकर्मी, संचारकर्मी र सरोकारबालाहरुको सहभागीता रहेको थियो ।
१, सुनसरी सदरमुकाम इनरुवामा आयोजित २१ औं अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस कार्यक्रमका सरोकारबालाहरु र प्रदेश सांसद सहित ।
तस्बीर ः जयकृष्ण यादव । इनरुवा