मानव अधिकार समूहमा दिपेन्द्र
२७ मंसिर २०७७, शनिबार १४:३५
इनरुवा, मंसिर २७ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एक वर्ष अघि गठन भएको मानव अधिकार समूहको पुर्नगठन गरिएको छ । औनोपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको मानव अधिकार समूह एक वर्ष पुरा गरेर दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा पुर्नगठन गरिएको हो ।
समूहका सदस्यहरुको भेलाबाट पूर्व सचिव दिपेन्द्र यादवको अध्यक्षतामा समूह पूर्नगठन गरिएको हो । पुर्नगठित समूहको उपाध्यक्षमा मोहमद मुर्सिद आलम, सचिवमा सेराज मिँया, सह सचिवमा रञ्जित राम र कोषध्यक्षमा पुनम साह चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अब्दुल बकार आलम, सुरेन्द्र मेहता, रामकुमार यादव, सरोजदेवी यादव, अस्मिता मण्डल र पुजा मण्डल चयन भएका छन् । समूहले मानव अधिकार रक्षा र वकालत तथा पैरवीमा सहजीकरण गर्ने अध्यक्ष यादवले बताउनुभयो ।
अध्यक्ष यादवले आफ्नो पदभार ग्रहण गर्दै समूहलाई पूर्ण सकृय बनाउने, समुहको बैठक मासिक गर्ने र मानवअधिकारको सवालमा निरन्तर रुपमा निगरानी र समन्वय गर्ने बताउनुभयो । 
यादवले आफू समूहको सकृयताका लागि विद्यालय अनुगमन गर्ने, स्वास्थ्य, कृषि र पशु शाखा सहितमा सेवा प्रवाहको अवस्थालाई नजिकबाट नियाल्ने, ,जनमैत्री कार्यका लागि लागिपर्ने बताउनुभयो । यादवले एक वर्षमा सचिवमा काम गर्दा बटुलेको अनुभवलाई अध्यक्ष भएपछि पूर्ण जनताको जनअधिकार र मानवअधिकारको पक्षमा वकालत गर्न कृयाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुकुम्बासीहरुको सवालमा निरन्तर अवाज उठाउदै पैरवी गर्ने, फुसको घर भएकालाई जस्तापाताको छानो लगाउन सरकारले ल्याएको कार्यक्रममा सहजीकरण गर्ने यादवले बताउनुभयो ।
त्यस्तै किसानहरुको लागि सहुलियत दरमा मलखाध र बिउँ विजनका लागि गाउँपालिकामा रहेका सहकारी संस्थाहरुलाई दवाव दिने तथा समयमा आपूर्तिका लागि साल्ट टेडिङ्ग र कृषि सामग्री केन्द्रलाई समेत दवाव दिने योजना रहेको यादवको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया