भोक्राहामा सशस्त्र प्रहरी बल बिओपी भवनको उद्घाटन
२६ मंसिर २०७७, शुक्रबार १८:४२
अजमल अन्सारी । भोक्राहा २५ मङ्सिर, सुनसरीको दक्षिणी सीमा क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका वडा न- ८ मा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट बिओपी० को उद्घाटन भएको छ । शस्त्र प्रहरी अ. महानिरीक्षक रामशरण पाैडेलले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर अाउट पोस्ट भवनको उद्घाटन कार्यक्रमको समुद्घाटन गर्नुभएको हो ।
भोक्राहा नरसिंह गाउँपालिका सोनयाही लकडाउन चाैक स्थित बिओपीको २ वटा भवन निर्माण भएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर अाउट पोस्ट को असय भक्त बहादुर चोधरीले बताउनुभयो । भारतसँग सिमाना जोडिएको भोक्राहा नरसिंह गाउँपालिका ८ उल्टी स्थित सोनयाही- बसमतिया नाकामा बिओपी भवन निर्माण भएको हो । सीमा अतिक्रमण बढेपछि २०७६ मङ्सिर २६ गते गृह मन्त्रालयको निर्देशनमा भारतको सीमावर्ती क्षेत्र भुटाहा बसमतिया नाकामा ८ महिना अघि नै सशस्त्र प्रहरीको बिओपी स्थापना गरिएको थियो । बिओपी भोक्राहा नरसिंह मा प्रहरी निरीक्षक भक्तबहादुर चोधरी को नेतृत्वमा २० जनाको टोेली छ । यस अघि आफ्नै भवन नहुँदा सरकारी विद्यालय मा सुरक्षाकर्मी बसिरहेका थिए तर अब भोक्राहा नरसिंह -८ उल्टी स्थितमा आफ्नै बि ओ पि भवन निर्माण गरिएको छ । यो सँगै सुनसरीमा १० अाैँ बिओपि को रूपमा स्थापना भएको बताउनु भयो । सीमा अतिक्रमण बढेपछि २०७६ मङ्सिर २६ गते गृह मन्त्रालयको निर्देशनमा पहिलो चरणमा ५०० सय बि ओ पि बनाउने सरकारको लक्ष्य रहेको मध्ये आज १९३ अाैँ बिओपि को रूपमा स्थापना भएको सशस्त्र प्रहरी अ. महानिरीक्षक रामशरण पाैडेलले बताउनु भयो । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले सुनसरीमा ७ वटा थप बीओपी स्थापना गर्ने लक्ष्य रहेको बताए । बर्जु गाउँपालिकामा १ वटा, कोशी गापामा ३ वटा, हरिनगर गापामा २ वटा लगायतको पालिकाहरुमा स्थापना गर्ने मध्ये भोक्राहा नरसिंह र हरिनगरमा जग्गा भेटिएकोले पालिकाका अध्यक्षहरुलाई धन्यवाद दिएका छन् । आवश्यक बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरीलाई प्रहरी भ्यानबाट नै बिओपी पुर्याइएको थियो ।
भवन उद्घाटन कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, हरिनगर गा०पा० अध्यक्ष गफार अन्सारी लगायत वडा अध्यक्ष हातिम अन्सारी , सशस्त्र प्रहरी अ. महानिरीक्षक रामशरण पाैडेल , प्रमुख जिल्ला अधिकारी फडिन्द्र मनि पोख्रेल जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापा सहितका सुरक्षा निकायका प्रमुख किमाथाङ्का उपस्थिति रहेको थियो ।
दक्षिणी क्षेत्रको सीमामा ठूलो सरकारी भवन बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । साथै भन्सार कार्यायलय स्थापना गरी नाका सञ्चालनमा सहजता ल्याउनुपर्ने स्थानीयबासीहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया