लैगिंक हिसां बिरुद्धको अभियानमा कानुनी सचेतना
२२ मंसिर २०७७, सोमबार १८:३४
इनरुवा, मंसिर २२ गते । सुनसरी सदरमुकाम इनरुवामा लैगिंक हिंसा बिरुद्धको १६ दिवसीय अभियान अन्तरगत १३ औं दिन अन्र्तक्रिया गोष्ठी र सचेतनामूलक कार्यक्रम गरिएको छ ।

सदरमुकाम इनरुवा १० जल्पापुर र ८ डुम्राहामा गैर सरकारी संस्था महासंघ र इनरुवा नगरपालिकाको आयोजनामा दिवसकै अवसरमा वडा स्तरीय कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भएको कानूनी साक्षरता कार्यक्रममा वडाध्यक्ष सुल्तान मियाँ र रविन्द्र कुमार मण्डल, इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव, महिला मानव अधिकार रक्षक सरिता घिमिरे कार्की, महासंघका मेघराज न्यौपाने, टिका शिवाकोटी र कानुन अधिकारी लगायतकाले सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया