हरिपुरमा मानव अधिकार तालिम
१९ मंसिर २०७७, शुक्रबार ०७:३८
इनरुवा । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा दुई दिने मानव अधिकार सम्वन्धि तालिम सुरु भएको छ । गाउँपालिकामा गठित मानव अधिकार समुहका पदाधिकारीहरुलाई क्षमता विकासका लागि मानव अधिकार सम्वन्धि दुई दिने तालिम दिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहजीकरणमा गठन भएको मानव अधिकार समुहलाई गाउँपालिका र ७ नम्बर वडा कार्यालयको समन्वयमा तालिम दिएको हो ।
तालिममा मानव अधिकारको आवश्यकता, पृष्ठभूमी, सिद्धान्त र नेपालमा त्यसको प्रयोग तथा नागरिकको पहुँच र क्षमताको बिषयमा प्रशिक्षण दिइरहेको बताइएको छ । 
मानव अधिकार तालिममा इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादव सहितले सहजीकरण तथा प्रशिक्षण दिइरहनु भएको छ ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि कोशी ७ का वडाध्यक्ष रामचन्द्र महतो कोइरीले मानव अधिकारको रक्षा र सम्मानको लागि आफूहरुले काम गर्दै आएको अवस्थामा तालिमले थप सहज पार्ने बताउनुभयोनुभयो । महतोले वडा कार्यालयमै स्थान छनौट गरेर पालिकाभरीका मानव अधिकार रक्षकलाई तालिम दिएकोमा आफू खुशी भएको बताउनुभयोनुभयो ।
तालिको उद्घाटन सत्र मानव अधिकार समुहकी अध्यक्ष अनिता उराँवको अध्यक्षतामा सम्पन्न भयो भने शुक्रवार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न हुने आयोजक समितिका सचिव बिष्णु कुमार यादवले जानकारी दिनुभयो । तालिममा पप्पु यादव, मुस्ताक आलम, रिना मण्डल, गिता पौडेल, चन्द्रकला नेपाल,सिकेन्द्र मरिक यादव, गुलाबी मुखिया लगायतले मानव अधिकारको बारेमा आफनो धारण राख्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया