बन्दाबन्दीको बीचमा क्रिकेट सम्पन्न – Nagarikabhiyan : National News

बन्दाबन्दीको बीचमा क्रिकेट सम्पन्न

इनरुवा समाचारदाता
इनरुवा, मंसिर १० गते । सुनसरीको गढी गाउँपालिकामा पाकिला स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक एकता र खेलकुदको विकास गर्नका लागि पाकिला स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको आयोजक डिजिटल औरावनी गढीले जनाएको छ ।

सम्पन्न प्रतियोगिताको उपाधी भमरी वारिर्यशले हात पारेको छ भने उप विजेता छप्की सुपर किंग भएको आयोजक इ.प्रभुलाल अरगरियाले जानकारी दिनुभयो ।

वीजेता र उपविजेतालाई गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष रजकुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरीले पुरस्कार प्रदान गर्नुभएको थियो । यसैबीच डिजिटल औरावनी गढीको आयोजनामा बुधबार बृहत रक्तदान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गढी गाउँपालिका ३ छिटाहामा सम्पन्न भएको रक्तदान कार्यक्रम २८ जनाले रगत दान गरेको जनाएको छ ।

 

१, सुनसरीको गढीमा सम्पन्न क्रिकेटका वीजेता र उपविजेतालाई गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष रजकुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत प्रमोद चौधरीले पुरस्कार प्रदान गर्नुहुदै ।

त्स्विर : जयकृष्ण यादव । इनरुवा