कुमार सानुले छोरालाई भने, ‘त्यती धेरै घमण्ड छ भने आफ्नो नामको पछाडी मेरो नाम हटाउ, आमाकै नाम राख ‘ – Nagarikabhiyan : National News

कुमार सानुले छोरालाई भने, ‘त्यती धेरै घमण्ड छ भने आफ्नो नामको पछाडी मेरो नाम हटाउ, आमाकै नाम राख ‘

एजेन्सी । बलिउडका दिग्गज प्लेब्याक गायक कुमार सानू र उनका छोराबीचको विवाद थप बढेको छ । छोरा जोनकुमार सानूले आफ्ना बुवाको बारेमा बोलेको कही कुराले रिसाएका कुमार सानुले छोरालाई हिम्मत भए आफ्नो नामवाट कुमार सानु हटाउन चेतावनी दिएका छन् । उनले छोरालाई आफ्नो नाम परिवर्तन गर्ने कुरामा विचार गर्न भनेका छन् ।

कुमारले भने कि उनले आफ्नी आमा रीता भट्टाचार्यको नाम उनको नाममा प्रयोग गर्नु पर्छ। कुमार सानु र उनको श्रीमति रीता भट्टाचार्यबीच सम्बन्ध विच्छेद भएको छ । जानकुमार सानु निकै सानो हुँदा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । छोराको पालन पोषण आमाले गरेकी हुन् । २७ वर्ष देखि बुवाछोराको भेट भएको छैन ।

रियालिटी शो बिग बॉसमा बस्दा मराठी भाषामा प्रश्न उठाउएका छोरा जानको पालन पोषणको कुरालाई लिएर पनि उनले पूर्वपत्नी माथि प्रश्न उठाएका थिए ।

अब टाइम्स अफ इण्डियासँग कुराकानीमा कुमार सानुले भने, मैले उनलाई बिग बॉसको घरमा र एक अन्तर्वार्तामा अभिब्यक्ति दिएको देखे मेरो आमा नै वुवाआमा दुवै हो । म आमालाई माया र सम्मान गर्छु । यदि उनको जिवनमा मेरो कुनै स्थान छैन भने आफ्नो नाममा पनि आमाको नै नाम जोडुन् ।

कुमार सानुले छोरा मुम्बई आइपुगेको बेलामा भेट्ने कोशिष गरेको बताएका छन् । साथै बिगबाँसमा जानु अघि पनि आफुले भेटेको दावी गरेका छन् । उनले छोराको राम्रो भविष्यका लागि आफुले प्रयास गरेको पनि दावी गरेका छन् । मैले उद्योगका केही मानिसहरूसंग छोराको लागि सिफारिस गरेको थिएँ उनले भने, मैले मुकेश भट्ट जी, रमेश तुरानी जी र केही अरूलाई फोन गरेको थिए ।

ूअब उनीहरु काम दिन्छन् की दिन्नन् भन्ने कुरा छोरामा नै निर्भर हुने बताएका छन् । जोन कुमार सानुले आफ्नो अन्तर्वार्तामा बुवाले जिवनमा कहिल्यै सहयोग नगरेको बताएका थिए । आमाले एक्लै हुर्काएको र भन्दै आफ्नो जिवनको हिस्सा बुवा नभएको बताएका थिए ।

स्रोत : ताजा खबर