गायिका साहको आवाजमा (प्रेमके बन्धन ) सबैलाइ सुनाउदै ,भिडियो सहित
४ मंसिर २०७७, बिहीबार २१:२४
रामअब्तार अमात र बिशाखा तिमिल्सिनाको (प्रेमक बन्धन ) बोलको गित सार्वजनिक भएको छ । मैथिली भाषामा रहेको उक्त गित गितकार समिर खानले लेखेका छन। पछिल्लो समयमा मैथिली क्षेत्रमा आफ्नो हिट गित दिएर खान र गायिका सुनिता साह खुब चर्चा बटुलेका हुन । यस अघि पनि देशकै भाइरल (पब्लिक स्पिकर ) रमेश प्रसाईं र मेगा स्टार राजेश पायल राइ जस्ता दिग्गज गायकार र साहित्यकारहरुको सङ उनीहरु काम गरिसकेका छन ।
गायिका साहको आवाजमा राम अब्तार अमात र बिशाखा तिमिल्सिना सङको यो पहिलो गित भएतापनी अमात पहिले पनि मैथिली गितकार खान को गितमा काम गरिसकेका हुन । यस गितमा स्वर सरोज सन्त,सुनिता साहको रहेको छ ,भने संगीत निल घतानी र रेकर्ड एस.एम. सिरिज बाट गरेका हुन । यस अघि पनि गायिका साह मैथिली र नेपाली भाषा क्षेत्रमा प्रतिष्ठित गायकहरु सङ काम गरिसकेकी छिन ।
उनले भनिन : अहिले सम्म जति गितहरु बजारमा आए सबै गितहरुलाइ दर्शकहरुले मन पराए, खुब खुशी लागछ जब आफ्नो सङ्हर्शलाई सम्मान गर्छ ,अझै गितहरु रेकर्ड भएर राखिएको छ ,तसर्थ छिटै बजारमा आउने जानकारी दिए । गितकार समीर खानको अहिले सम्म ८२ भन्दा बढी गितहरु सार्वजनिक भैसकेका छन ।
https://www.youtube.com/watch?v=3cPfrWidOCI&feature=share&fbclid=IwAR0brH8atjBnX_iVlcb2p2GOx8WvKNTidijyrTuZPDv–2TefipYfg8Qzyc

फेसबुकबाट तपाईको प्रतिक्रिया