जनयुद्धका २ योद्धाः नेकपामा प्रचण्ड अपमानित हुँदा एकसिटे बाबुराम सम्मानित ! – Nagarikabhiyan : National News

जनयुद्धका २ योद्धाः नेकपामा प्रचण्ड अपमानित हुँदा एकसिटे बाबुराम सम्मानित !

काठमाडौं । कुनैबेला हातमा हात, काँधमा काँध मिलाएर जनयुद्धको नेतृत्व गरेका २ योद्धामध्ये एक सम्मानित भइरहेका छन् भने, अर्का अपमानित मात्रै भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)मा एकसिटे डा. बाबुराम भट्टराई सम्मानित भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भने पुष्पकमल दाहाल प्रचण्ड अपमानित मात्रै बनेका हुन् । एकसिटमात्रै जितेका बाबुराम भट्टराई हाल ३७ जना साँसदहरुका अध्यक्ष बनेका छन् भने, प्रचण्ड नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट झुठो आश्वासनमा मात्रै सिमीत बनेका हुन् ।

गत बर्षको बैशाखमा एकसिटे बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच एकता एकीकरण भइ समाजवादी पार्टी नेपाल गठन भएको थियो । केहि समय अगाडी मात्रै समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पनि पुन गठन भयो । र हाल उक्त पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ । र डा. बाबुराम भट्टराई यस पार्टीका वरिष्ठ नेताका रुपमा रहेका छन् ।

साथै, जनता समाजवादी पार्टीमा बाबुराम भट्टराईले गरेका हरेक निर्णय गर्छन भने, नेकपामा प्रचण्ड प्रम ओलीको झुठो आश्वासनको पात्रमै सिमीत रहेका छन् । पछिल्लो समय ओलीले प्रचण्डलाई बारम्बार धोखा दिँदै आएको छ, जस्तो की पार्टीमा उ रहेको कुनै अर्थ नै छैन । ओलीको यस्तो हर्कतले पार्टी भित्र अहिले पनि आन्तरिक विवाद चलिरहेकै छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले मोर्चाबन्दी कसेका छन् । दाहाल नेपाल समूहमा सचिवालयका ५ जना नेता छन् । उनीहरुले ओलीको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमै चर्को आलोचना गरिरहेका छन् । सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले झनै हलचल मच्चाएको छ ।

दाहालको प्रस्ताव सार्वजनिक भएसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओलीले दाहालको प्रस्तावमा जवाफ दिन जरुरी नभएको उनी पक्षधर नेताहरुले सार्वजनिक रुपमै टिप्पणी गरिसकेका छन् । नेपालपानाबाट