नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा, ओलीलाई अध्यक्षबाट हटाउने दाहाल-नेपालको तयारी – Nagarikabhiyan : National News

नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा, ओलीलाई अध्यक्षबाट हटाउने दाहाल-नेपालको तयारी

काठमाडौं । नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले मोर्चाबन्दी कसेसँग नेकपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको हो ।

दाहाल नेपाल समूहमा सचिवालयका ५ जना नेता छन् ।  उनीहरुले ओलीको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमै चर्को आलोचना गरिरहेका छन् । सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले झनै हलचल मच्चाएको छ ।

दाहालको प्रस्ताव सार्वजनिक भएसँगै दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएका छन् । ओलीले दाहालको प्रस्तावमा जवाफ दिन जरुरी नभएको उनी पक्षधर नेताहरुले सार्वजनिक रुपमै टिप्पणी गरिसकेका छन् । नेपालपानाबाट