वडास्तरीय गोष्ठी कार्यक्रम
२५ कार्तिक २०७७, मंगलवार १७:३९
सुनसरीको कोशी गाउपालिका २ नम्बर वडा पश्चिमकुशाहाको बक्रोमा मानव अधिकार समूहसंगको सहकार्य र वडा कार्यालयको संयोजनमा इन्सेकको सहयोग र मानव अधिकार समूह कोशी गापाको आयोजनामा वडास्तरीय गोष्ठी कार्यक्रम २०७७ कार्तिक २५ गते सम्पन्न भयो । मानव अधिकार समूहका सदस्य पवनकुमार रौनियारको अध्यक्षता तथा कोशी गापा २ का कावा वडा अध्यक्ष द्रोपतीदेखी साहको प्रमुख आथित्य तथा वडा सदस्य रामचरण यादवको विषेश आथित्यमा सम्पन्न भयो । कार्यक्रममा विभिन्न विषयहरु राजनीतिक दल, जनप्रतिनिधि, सहकारी संस्था, गैरसरकारी संस्थाहरु, महिला तथा किसोरी समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा कृषिलाई प्राथमिकताका साथ कृषिमा आत्मनिर्भर बनाउने बेला किसानलाई बिउ र मलखाद्यकै अभाव रहेको भन्दैं समयमा र सुलभ रुपमा मल र बिउ उपलब्ध गराउनुपर्ने किसानहरुले माग गरेका छन् ।
कोशी गाउँपालिका २ का किसान खटर यादवले गहुँ छर्ने सिजन सुरु भएपनि बजारमा मल र बिउ नपाएको भन्दैं चिन्ता ब्यक्त गर्नुभएको छ । किसानको समस्यामा कसैले ध्यान नदिएको यादवले गुनासो गर्दै सिचाईका लागि अतिक्रमण भएको नहरको मर्मत सम्महार गर्नुपर्ने, अनु
दान र सुलभ रुपमा मल र बिउ उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
कोशी गाउँपालिकाको कार्यक्रमको मानव अधिकार समुहका सदस्य पवन रौनियारले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि कोशी २ की कार्यवाहक वडाध्यक्ष द्रोपती साह रहनुभएको थियो ।
किसानहरुको समस्या समाधान गर्नका लागि मानव अधिकार समुहले सम्वन्धि निकायमा पहल गर्ने समुहका सचिव पप्पु यादवले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सहभागिहरुले बन्द रहेका शैक्षिक संस्थाहरु खोल्नुपर्ने, निशुल्क औषधी नियमित र पर्याप्त हुनुपर्ने, सुकुम्बासीहरुलाई अबासको लागि जस्तापाता दिनुपर्ने, सिंचाईका लागि बनाइएको संरचनाहरु अधिक्रमण भएकाले त्यसको सरसफाई र मर्मत सम्भार गर्नुपर्ने, कृषिमा आधुनिकिकरण र व्यवसायीकिकरण गर्नुपर्ने, किसानलाई राहतको व्यवस्था गर्नुपर्ने, मल विउँ समयमा दिनुपर्ने र अनाजको बजार मूल्य तोक्नुपर्ने माग गरेका थिए । मानव अधिकारको प्रत्याभुतीका लागि उठाएको सवालमा सरकार गम्भिर बन्नुपर्ने सुझाब समेत दिएका थिए ।
त्यसैगरी सहभगीहरुले बजारमा खाद्य वस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न गाउँपालिकालाई आग्रह गर्दै कृषकहरूलाई रासायनिक मल बिउ समयमा उपलब्ध गराउन, माटो परीक्षणका लागि पहल गर्न , आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले तथ्यांक संकलन गर्ने माग गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया