बालुवाटारमा ओली र पाँच नेताबीच सवाल जवाफ – Nagarikabhiyan : National News

बालुवाटारमा ओली र पाँच नेताबीच सवाल जवाफ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए ।

नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । शनिबार नै सचिवालय बैठक तोक्ने प्रयास भएपनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए ।

कार्यदल गठनसँग गडबडी सुरु भयोः प्रचण्ड

छलफलको सुरुवात कार्यकारी अध्यक्ष प्रचण्डले गरेका थिए । उनी सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोलेका थिए । प्रचण्डले स्थायी कमिटी बैठक टुंग्याउने क्रममा सहमतिको मस्यौदा बनाउन कार्यदल गठन भएसँगै गडबडी सुरु भएको बताए ।

१० असारमा सुरु भएको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा सार्वजनिक रुपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको अभिव्यक्ति दिएका थिए ।

१७ असारमा बसेको पार्टी बैठकमा नेताहरूले ओलीको त्यही अभिव्यक्तिमाथि प्रश्न उठाएर प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरे ।

यसले स्थायी कमिटी बैठक प्रभावित भयो । दुई अध्यक्षबीच भएको लगातारको छलफलपछि सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भयो । दुबै अध्यक्षले कार्यदलको प्रतिवेदनअनुसार प्रस्ताव लगेपछि २६ भदौमा स्थायी कमिटी बैठक सकिएको थियो ।

तर कार्यदल गठनसँगै प्रधानमन्त्री ओली सहमति विपरित चल्न थालेको प्रचण्डले बताएका छन् । स्रोतका अनुसार शनिबारको छलफलमा प्रचण्डले भने, ‘आफूखुसी राजनीतिक नियुक्तिहरू गर्नुभयो, कार्यदलको प्रतिवेदनप्रति इमान्दार देखिनुभएन ।’

उनले थपे, ‘९स्थायी कमिटीको निर्णयअनुसार० अन्तरपार्टी निर्देशन ९अपानी० जारी गर्नेबेला गडवडी गर्न खोज्नुभयो । ‘सम्पूर्ण कार्यकारी अध्यक्ष कहाँ हुन्छ र रु म पनि अध्यक्ष हुँ’ भन्न थाल्नुभयो । त्यसपछि त मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिहरू सबै एकलौटी गर्न थाल्नु भयो ।’

स्थायी कमिटीकै निर्णय कार्यान्वयन नभएपछि बैठक बसौंभन्दा ओली नमानेको उनले बताए ।

प्रचण्डले यसो भनिरहँदा अर्का अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेको एक नेताले बताए । ‘झेली कुरा गर्ने रु मैले बैठक नबस्ने कहाँ भनेको छु रु’ भनेर ओलीले प्रतिवाद गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डले भने ‘बैठक बस्न कहाँ मान्नुभयो’ भनेर प्रतिप्रश्न गरेका थिए । एक नेताका अनुसार दुई अध्यक्षबीच केहीबेर नोकझोक चल्यो ।

गौतमको गम्भीर आरोप

त्यसपछि बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम बोलेका थिए । लामै बोलेका उनले सकेसम्म बैठक बस्न बस्नै नमान्ने, बैठक बसी हाले पनि नबोल्ने तथा निष्कर्षमा पुग्नै नदिने र निष्कर्षमा पुगे त्यो निश्कर्ष नै नमान्ने गरेको भन्दै ओलीको आलोचना गरे ।

नेकपाको समस्या व्यक्तिवादी कार्यशैली हो र त्यसको प्रतिनिधिपात्र प्रधानमन्त्री हुन् भन्ने उनको निष्कर्ष थियो । नेताहरूका अनुसार गौतमले लगाएका आरोपको पनि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए ।

छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई तपाईँ आफ्नो आत्मालोचना गर्न किन तयार नहुने रु यतिका नेताहरूले किन बिरोध गरे भनेर नसोच्ने भनेर प्रश्न गरेका थिए भने झलनाथ खनालले बैठक नै नबस्ने र छलफल नै नगर्नु गलत भएको बताएका थिए ।

अध्यक्ष र प्रवक्ताबीच सवाल जवाफ

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड(१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुबै अध्यक्षलाई पत्र लेखेको स्मरण गरेका थिए ।

श्रेष्ठले बैठक माग गर्दै दुबै अध्यक्षलाई १ कात्तिकमा पहिलो पत्र लेखेका थिए भने ९ कात्तिकमा दोस्रो । पत्रमा कोभिड(१९ ले उत्पन्न गरेको स्वास्थ्य संकट टार्न ५ देखि १० हजार आइसोलेसेन सेन्टर बनाउनुपर्ने, आईसीयू, भेन्टिलेटर बढाउनुपर्ने, अक्सिजन तथा अत्यावश्यक औषधि भण्डारी गर्नुपर्ने, कोभिडको परीक्षण तथा उपचार निःशुल्क गर्नुपर्ने उल्लेख थियो ।

कोभिडले जनजीविका र अर्थतन्त्रमा परेको असरबारे उल्लेख गर्दै पत्रमा उनले सरकारले २ अर्ब रुपैयाँभन्दा बढीको राहत प्याकेज ल्याउनुपर्ने माग गरेका थिए । यसका लागि गत आर्थिक वर्षमा खर्च हुन नसकेर यो वर्षका लागि सारिएको तीन तहको १ खर्ब ४० अर्ब र सरकारले ओभर ड्राफ्ट लिएर खर्च गर्न पाउने ४२ अर्बका साथै कोरोना कोषको रकम खर्च गर्न सकिनेछ ।

प्रवक्ता श्रेष्ठले ९ कात्तिकको पत्रमा प्रधानमन्त्रीले रअका प्रमुखसँग गरेको भेट, प्रदेश सरकारलाई संघीय सरकारको प्रशासनीक एकाई बनाउने अभिव्यक्ति र कोरोनाको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णयमा आफ्नो असहमति दर्ज गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

तर बैठक राख्नु त परको कुरा, आफूलाई जवाफ समेत नदिएको प्रवक्ता श्रेष्ठको गुनासो छ ।
एक नेताका अनुसार श्रेष्ठ र प्रधानमन्त्री एवं अध्यक्ष ओलीबीच पनि केहीबेर सवाल जवाफ भएको थियो । श्रेष्ठले प्रवक्ताको दायरा नाघेको ओलीको आरोप थियो ।

बालुवाटार स्रोतका अनसार प्रवक्ता श्रेष्ठले भने त्यसको प्रतिवाद गरेका थिए । प्रवक्ताले पार्टीको लाइन, निर्णयअनुसार पार्टीको हितमा बोल्नुपर्ने र आफूले त्यही गरेको उनको भनाइ थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै पार्टीको निर्णयविरुद्ध बोलेको बोल्न थालेपछि आफूले पनि व्यक्तिगत विचार राखेको उनको दाबी छ ।

प्रचण्डमाथि आरोप स् जालझेल र गुटबन्दी गर्नुभयो

पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाएका छन् ।

तर नेताहरुले ‘तपाईँ पार्टीको बैठक बस्न नचाहने, आफूखुसी भेला र छलफल गर्ने, हामीले चाहिँ हेरेर बस्नुपर्ने रु’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

छलफलमा पाँच नेताले सचिवालयको बैठक सकेसम्म भोलि, नभए पर्सि बोलाउनुपर्ने भन्दै ओलीको सहमति मागेका थिए । तर उनले आफूले बैठक नबस्ने नभनेको तर अहिले नै मिति तोक्न नसक्ने बताएको स्रोतको दाबी छ । एक नेता भन्छन्, ‘मिति तोक्न मैले पनि सोच्नुपर्छ, सल्लाह गर्नुपर्छ भन्नुभयो ।’

भेटपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि बैठकको मिति नतोकिएको सञ्चारकर्मीहरुलाई बताए । उनले भने, ‘हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं । प्रधानमन्त्री एवं अध्यक्ष कमरेडले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन ।’ अनलाइनखबरबाट