प्रिमियर लिगमा आज दुई खेल हुँदै : पहिलो खेलमा ब्राइटन र बर्नली भिड्ने
२१ कार्तिक २०७७, शुक्रबार १८:५४
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (शुक्रबार) खेल हुने भएको छ। प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा ब्राइटन र बर्नलीबीच खेल हुने छ।
ब्राइटन र बर्नलीबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ । ब्राइटन ७ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ भने पुछारमा रहेको बर्नलीले ६ खेलमा १ अंक मात्र जोडेको छ ।
अर्को खेलमा साउथह्याम्पटमले न्युकासल युनाईटेडसँग खेल्नेछ । उक्त खेल राति १:४५ बजे सुरु हुनेछ । साउथह्याम्पटन ७ खेलमा १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने न्युकासल ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया