मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए – Nagarikabhiyan : National News

मलेसियासँगको महिला क्रिकेट शृंखलाका लागि १८ खेलाडी छानिए

 काठमाडौं   नेपाल क्रिकेट संघ क्यानले मलेसियासँग हुने महिला क्रिकेट शृंखलाको तयारीका लागि खेलाडीको प्रारम्भिक छनोट गरेको छ ।

क्यानले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

टिमको तयारीका लागि क्यानले राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक सामसन जंग यसअघि नै जिम्मेवारी दिएको थियो ।
नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले १५ जेठदेखि पाँच खेलको टी(२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।