एमबाप्पेले बोके चोट : लाइपजिगसँगको खेल गुमाउने
१८ कार्तिक २०७७, मंगलवार १७:२०
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेले चोट बोकेका छन् । २१ वर्षीय एमबाप्पेले हामस्ट्रिङको चोट बोकेको बताईएको छ ।
योसँगै उनले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगसँगको खेल गुमाउने भएका छन् । पीएसजीले बुधबार लाइपजिगसँग उसैको मैदानमा खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया