चीनले नेपालको भुमी मिचेको छैन : चिनियाँ विदेश मन्त्रालय – Nagarikabhiyan : National News

चीनले नेपालको भुमी मिचेको छैन : चिनियाँ विदेश मन्त्रालय

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको बताएको छ ।

चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो कुरा दोहोर्याएको हुन् ।

सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको खण्डन गर्दै उनले नेपालको भूमि चीनले नमिचेको बताएका हुन् ।

चीनद्वारा नेपाली भूमि मिचिएको विषयमा प्रवक्ता वेनबिनले दिएको प्रतिक्रिया रोयटर्समा उल्लेख छ ।