आजदेखि महिला टी-ट्वान्टी विश्वकप – Nagarikabhiyan : National News

आजदेखि महिला टी-ट्वान्टी विश्वकप

काठमाडौं । आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ । दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् । केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५र५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।