जसपाको राजनीतिक समिति बैठकमा नेकपा एससँग पार्टी एकताको चर्चा
१९ पुष २०७९, मंगलवार १४:३४
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठकमा नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको चर्चा चलेको छ ।
जसपाको जारी राजनीतिक समितिको बैठकमा उपेन्द्र यादव नेतृत्वको (जसपा) र माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० पार्टीबीच एकताको विषय उठेको हो ।
यतिबेले जसपाको राजनीतिक समितिको बैठक बसिरहेको छ । सो बैठकमा समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रममा पार्टी एकताको चर्चा चलेको हो ।
उता एकीकृत समाजवादीले पनि पार्टी एकताको विषयमा दुई पार्टीबीच छलफल चलिरहेको बताएको छ । प्रतिनिधिसभामा जसपाको १२ सांसद छन् ।
सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको हो । उता प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादीले भने थ्रेसहोल्ड कटाउन सकेन ।
यदी पार्टी एकता भए २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया