३५ तोला सुन र २५ लाख नगदसहित फक्राउ परेका डीएसपी ठगबहादुर केसी निलम्बित
१४ पुष २०७९, बिहीबार १८:२८
काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् ।
आफ्नै निवासबाट ३५ तोला सुन र २५ लाख चेक तथा नगदसहित पुष १० गते पक्राउ परेका केसीलाई प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले निलम्बन गर्ने निर्णय गरेका हुन् ।
पक्राउपश्चात् जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केसीलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले डीएसपी केसीलाई निलम्बन गरेको र उनीमाथि छानबिन भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया