नाागरिकता विधेयकमाथि संसदमा दफावार छलफल – Nagarikabhiyan : National News

नाागरिकता विधेयकमाथि संसदमा दफावार छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

संसद सचिवालयले आजको लागि सम्भावित कार्यसूचीमा राखिएका अन्य विषय हटाएर नागरिकता विधेयकलाई मात्रै कायम राखेको थियो । प्रतिनिधिसभाको आजको बैठक सुरु भएर उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो ।

‘फास्ट ट्रयाक’मार्फत नागरिकता विधेयक पारित गराउने संसदको उद्देश्य रहेको देखिन्छ । यसैका लागि कार्यसूचीबाट अन्य विषय हटाएर अहिले नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल जारी राखिएकाे छ ।