आगामी निर्वाचनमा एमाले एक्लै लड्न तयार : वरिष्ठ उपाध्यक्ष पोखरेल
३ श्रावण २०७९, मंगलवार १७:४८
विराटनगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लै लड्न तयार रहेको बताएका छन् ।
मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल प्रदेश–१ समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले वामगठबन्धन, वाम तालमेल र वाम मोर्चा सुन्दा राम्रो लाग्ने विषय भएपनि तत्काल सम्भव नभएको बताएका हुन् ।
त्यस्तै उनले मुलुकमा वामपन्थीहरु नभएकाले वाम गठबन्धन हुने सम्भावना नभएको बताए । फरक प्रसंगमा वरिष्ठ उपाध्यक्ष पोखरेलले एसपीपी सरकारले खारेज गरिसकेको भनेकाले तत्काल चिट्ठी पठाउनु पर्ने जिकिर गरे ।
एक प्रश्नको उत्तर दिदै पोखरेलले सरकारको परराष्ट्र नीति असफल भएकाले राष्ट्रिय स्वाभिमान, अखण्डता र स्वतन्त्रताका लागि सबै राजनैतिक दलहरु बीच सहमति हुनुपर्ने धारणा राखे । उनले गठबन्धन सरकारको कार्यकाल चित्त नबुभ्mने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया