भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै – Nagarikabhiyan : National News

भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।