काठमाडौं महानगर : ११२०४ मतले पछि पर्दै बालेनलाई पछ्याउँदै केशव स्थापित
५ जेष्ठ २०७९, बिहीबार १७:१२
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख ९मेयर० पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ९बालेन० को अग्रता कायमै रहेको छ । बालेन निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा ११२०४ मतले अघि रहेका छन् ।
दिउँसो तीन बजे प्राप्त मतगणनाअनुसार बालेन २३५८४ मत पाएका छन् । स्थापितले १२३८० मत पाएका छन् भने गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ११४९९ मत पाएकी छन् ।
उपमेयरतर्फ सुनिता डंगोलले मत फराकिलो बनाएकी छन् । उनले १९९५६ मत ल्याउँदा उनका प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ ९एकीकृत समाजवादी० ले ६३१६ मत पाएका छन् । अन्य प्रतिस्पर्धीले दुवैलाई पछ्याइरहेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया