सुष्माले नायिका पूजा शर्मादेखि गायिका मेलिना राईसम्मलाई चिन्दिन भन्दै दिएको अन्तर्वार्ताले टिकटकमा चर्चा पाएको छ। जहाँ पूजाको अभिनयमा समेत सुष्माले प्रश्न उठाएकी छिन् ।
सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी धेरै भएपछि टिकटककै माध्यमबाट सुष्माले पूजासँगको सम्बन्धलाई स्पष्ट पार्ने कोसिस गरेकी छिन् ।
सुष्माले भनेकी छिन्–‘दुई वर्ष अगाडिको भिडियो अहिले भाइरल गराएर किन नराम्रो बनाउनु । पूजा र मेरोबीच राम्रो सम्बन्ध छ । उनले मलाई दिदी भन्छिन्, म उसलाई बहिनी भन्छु । मिडियाले उचालिदिएर हामो सम्बन्ध बिगार्ने प्रयास गरिरहेका छन् ।’
सुष्माले पुरानो भिडियो केही समय भाइरल हुने र यसपछि हराउने भन्दै अहिले भाइरल बनाउँदा कसलाई फाइदा हुन्छ र ? भन्दै प्रश्न पनि गरेकी छिन् ।अनलाइनखबरबाट


फेसबुकबाट तपाईको प्रतिक्रिया