नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी – Nagarikabhiyan : National News

नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत भएका हुन ।

चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए ।

 

त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरिन् । हरिजनले ५ हजार ७ सय ४३ मत ल्याउँदा रायले ५ हजार ३ सय ४९ मत ल्याइन् । पराजित राय निवर्तमान उपाध्यक्ष समेत हुन् ।

यसअघि गाउँपालिकामा दुवै पद कांग्रेस९ अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक, पछि कांग्रेसमा समाहित० ले जितेको थियो ।

७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं। २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नं। ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं। ४ मा एमालेका सुरेश यादव निर्वाचित भएका छन् ।

वडा नं। ५ मा कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं। ६ मा कांग्रेसकै छोटेलाल गुप्ता र वडा नं। ७ मा माओवादीका हेयात खाँ धुनिया वडाध्यक्षमा निर्वाचित भएका छन् ।