आमाछोदिङ्मोमा कांग्रेसका तामाङ विजयी
२ जेष्ठ २०७९, सोमबार १०:४९
काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहअन्तर्गतको निर्वाचन मतपरिमाण घोषणा हुन थालेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कैसाङनुर्पु तामाङ दुई हजार ५६३ मत प्राप्त गरी विजय भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पेम्वाछिरिङ तामाङले दुई हजार ८० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
यसैगरी उपाध्यक्ष पदमा एमालेका उम्मेदवार प्रतिमा तामाङले दुई हजार ५४५ मत प्राप्त गरी विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी देकी तमाङ दुई हजार अठासी मत प्राप्त गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया