काजल अग्रवालको यहि महिनामा विवाह हुने, विवाहको मिति तय
२० आश्विन २०७७, मंगलवार १९:२६
काठमाडौं । बलिउड अभिनेत्री काजल अग्रवाल यहि माहिनामा विवाह बन्धनमा बाँधिने भएकी छिन् ।
३५ वर्षीया यी अभिनेत्रीले आफ्नो जीवनसाथीको टुंगो लागि सकेको इन्स्टाग्राममार्फत जनाएकी हुन् । आफूले खोजेको जस्तै बर पाइसकेको र छिटै बिहे हुने उनले सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।
भारतीय व्यवसायी गौतम किचलुसँग उनले लगनगाँठो कस्न लागेकी भारतीय सञ्चारमाध्यमले लेखेका छन् । इन्स्टाग्राममा उनले विवाहको मितिसमेत पोस्ट गरेकी छिन् ।
उनले भनेकी छिन्, ‘विवाहमा परिवार मात्र सामेल हुने छन् ।’ अजय देवगन स्टार ‘सिंघम’बाट उनी बलिउडमा स्थापित भएकी थिइन् । साथै दर्जनौं दक्षिण भारतीय फिल्ममा उनले अभिनय गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया