कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी
१३ चैत्र २०७८, आईतवार १०:३५
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्न लागेको हो ।
शुक्रबारदेखि सुरु भएको बैठकको मुल एजेन्डा स्थानीय तह निर्वाचन रहेको छ । कांग्रेसले ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियान चलाएको थियो । सो अभियानबाट फर्किएका केन्द्रीय प्रतिनिधिको ब्रिफिङ केन्द्रीय बैठकमा जारी रहेको छ । आगामी निर्वाचनमा कांग्रेस गठबन्धन गर्ने या नगर्ने भन्नेमा समेत छलफल चलाइरहेको छ ।
बैठकको पहिलो दिन शुक्रबार २० जना केन्द्रीय प्रतिनिधिले अभियानमा आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बैठकमा बिफ्रिङ गरेका थिए । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अन्य ६ वटा प्रदेशका कांग्रेस सभापतिहरुले आफ्नो धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया