वरिष्ठ नेता पौडेलले बोलाए छुट्टै भेला, केन्द्रीय कार्यसमिति बैठकमा साझा धारणा बनाइने
११ चैत्र २०७८, शुक्रबार १२:३२
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि वरिष्ठ नेता पौडेलले आफू निकट नेताहरुलाई बोलाएर भेला गरेका हुन् ।
यतिबेला पौडेल निकट नेताहरु पौडेल निवास बोहराटार भेलामा छन् । बैठकमा दिउँसो बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा साझा धारणा बनाउनेबारे कुराकानी हुने जनाइएको छ ।
भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यसमेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी, पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती लगायत वर्तमान तथा निवर्तमान जिल्ला सभापतिहरुसमेतको उपस्थिति रहेको छ ।
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो २ बजे सानेपामा बस्दै छ । बैठकमा आगामी निर्वाचन र गठबन्धनका बारेमा छलफल हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया