विभिन्न पार्टी त्यागेर दुई सय जना नेकपामा प्रवेश
१७ आश्विन २०७७, शनिबार ११:४७
इनरुवा, १६ असोज । सुनसरीको सदरमुकाम इनरुवा ८ डुम्राहामा विभिन्न पार्टी त्यागेर दुई सय जना नेकपामा प्रवेश गरेका छन् ।
सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टी त्यागेर सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
प्रवेश गर्ने लहर चलेको बेला इनरुवा ८ मा सयौ नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टी त्यागेर नेकपामा प्रवेश गरेका हुन् ।
काग्रेंसबाट आजित भएर र नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर नेकपामा पार्टी प्रवेश गरेको नवप्रवेशीहरुले बताएका छन् ।
नेपाली काग्रेंसका स्थानीय नेता जल्लाउदीन मंसुरी सहितका नवप्रवेशीहरुलाई नेकपाका स्थायी कमिटी सदस्य भिमप्रसाद आर्चाय र जिल्ला अध्यक्ष योगेन्द्र मण्डल पप्पुले शुक्रबार टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपाका जिल्ला अध्यक्ष योगेन्द्र मण्डल (पप्पु) , रामकुमारी चौधरी, सन्तोश थारु, नेता पोष्टकुमार नेपाल, मिरा आर्चाय, रामप्रसाद मेहता, तिर्थ अधिकारी, तोया गिरी र पर्शुराम यादव लगायतकाले स्वागत गर्नुभयो ।
नेता कार्यकर्ताहरु नेपाली काग्रेंस, राप्रपा र समाजवादी पार्टीबाट असन्तुष्ट भएर नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेकोमा बधाई तथा शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया