कोशी गाउँपालिकाले विद्यालयस्तरीय वकतृत्वकला – Nagarikabhiyan : National News

कोशी गाउँपालिकाले विद्यालयस्तरीय वकतृत्वकला

सनुसरीको विभिन्न स्थानीय तहमा ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने क्रममा सीमावर्ती कोशी गाउँपालिकाले विद्यालयस्तरीय वकतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दिवशको अवसर पारेर पालिका भरीका सरकारी तथा सामुदायिक विद्यालयका विकार्थी प्रतियोगिहरुको सहभागितामा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बीहिबार कोसी गाउँपालिका ३ सोभनपुर माविमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको हो ।      कोसी गाउँपालिकाको आयोजनामा बालविवाह न्यूनिकरणमा शिक्षित बालिकाको भुमिका विषयमा वकतृत्वकला प्रतियोगीता सम्पन्न गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ । सम्पन्न भएको प्रतियोगीतामा मदरसा दारूल होला अल सल्फियाका हबिबा बानु प्रथम, जय बिसहरा ईङ्गलिस स्कूलका सरीता मण्डल दोस्रो, कोसी जनता मावि हरिपुरका रचना ठाकुर तेस्रो, कोसी मावि पश्चिम कुशाहाका अनुषा साह चौथो र राष्ट्रिय मावि शोभनपुरका अष्मिता मेहता पाचौं भएको गाउँपालिकाका सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले बताउनुभयो । प्रतियोगीतामा सहभागी अन्य सबै प्रतियोगीहरुलाई सान्त्वना भएको भन्दै पुरकास्कार वितरण गरेको आयोजकले जनाएको छ । कार्यक्रममा मदरसा सहित ११ वटा विद्यालयका २२ वटा सहभागीता रहेको मेहतााको भनाई छ । सम्पन्न भएको प्रतियोगीतामा बिजयी तथा सहभागी प्रतियोगीहरुलाई सिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेको कोशीका अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । प्रतियोगीहरुलाई कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, वडा अध्यक्ष राजकुमार साह, सुलेमान मंसुरी लगायतकाले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको आयोजकले जनाएको छ ।

यसैबीच कोशीबाट छनौट भएको कबडी खेलाडी जानकी उराँव, प्रधानाध्याक कन्चन यादव, स्वास्थ्य इन्चार्ज आशा मेहता, दुई वडा सहकारी संस्था, स्वयमसेविका शान्ती झा, बालविकाश साका मिना झा, उधमी अनिता सदा, रम्भा सरदार, प्रेमलता मेहता, शाहिन खातुन, पकिजा खातुन, कमरुन निशा, सुधा सरदार, कविता मण्डल, लक्ष्मी चौधरी, किरण यादव सहितलाई सम्मान गरेको छ । उनीहरुलाई गाउँपालिकामा पहिलो महिला तथा अगुवा महिला र साहाशिक महिलाको सम्मानबाट सम्मान गरेको जनाएको छ ।